समाज


बाढी र पहिरोले ५ राजमार्ग अवरुद्ध

बाढी र पहिरोले ५ राजमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८२ शनिबार २१:३, काठमाडौँ

बाढी र पहिरोका कारण आज देशका विभिन्न ५ राजमार्ग अवरुद्ध भएका छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन्। 

पहिराले अवरुद्ध भएका अन्य ४ सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।

रोल्पा र गुल्मी जोड्ने सहिद राजमार्ग,  कालीगण्डकी करिडोरका साथै खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा सवारी साधन सञ्चालन भएका हुन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad