समाज


दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारी निराश

दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारी निराश

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:५४, काठमाडौँ

निर्माण सुरु भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ।

राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन्। त्यति मात्रै नभई राजमार्गका होटलहरुमा चहलपहल ह्वात्तै घटेको छ। सडककै कारणले पहिलेको तुलनामा आधा भन्दाबढी व्यापार सुकेको व्यापारीहरु बताउछन्।

दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आएका पदमबहादुर पोखरेलले विगत ५/७ बर्षदेखि धुलो र प्रदुषणको मार झेल्नुपरेको बताए। उनकाअनुसार बाटोले गर्दा ब्यापार चौपट छ।

‘बाटो समयमै नसकिदाँ अहिले यो बाटो गाडीहरू चल्नै छाडेका छन्, सुनसान छ,’ पोखरेलले भने, ‘पहिला होटलमा गनिसाध्यै नहुनेगरी मान्छे आउँथे। मान्छे अलि कम आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। अहिले सडकको पहिलेको तुलनामा केही काम त भएको छ। अहिलेकै गतिमा काम भयो भने त अर्को वर्ष पुरा हुन्छ की जस्तो लाग्छ।’

व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताए। निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहेपनि तिब्र हुन नसक्नुमा व्यवसायीको आ-आफ्नै समस्या रहेको बताउँछन्। उनले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषी रहेको बताए।

महासचिव दाहालले भने, ‘निर्माण व्यवसायीहरुको आ-आफ्नै समस्या छ। राज्यले गर्नुपर्ने सम्पूर्ण काम नगरिदिदाँ व्यवसायी अझ समस्या फसेका हुन्। ठाउँठाउँमा सिंहदरबार राज्यले भनिरहेको अवस्थामा तर उनीले गर्नुपर्ने सेवा र संरचना निर्माण गर्दा होस् नपुर्‍याएका कारणले सम्पूर्ण निर्माण कार्य ढिला भएको छ र नागरिकलाई गाह्रो परेको हो।’

उनकाअनुसार निर्माण व्यवसायीका समस्या राज्यले सुनिदिनुपर्छ। निर्माणको काम द्रुत बनाउने बातावरण बनाइदिनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad