समाज


राशिफल ३१ असार: मिथुनको दिन मध्यम, धनुलाई महिला वर्गबाट सहयोग, तपाईँको भाग्य कस्तो?

राशिफल ३१ असार: मिथुनको दिन मध्यम, धनुलाई महिला वर्गबाट सहयोग, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
असार ३१, २०८२ मंगलबार ४:३९, काठमाडौँ

आज सोमबार, ३१ असार २०८२ (१५ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: रमणीय र सुखद यात्राको योग छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। बन्धु बान्धवबाट सहयोग पाइनेछ। सेयर बजारबाट फाइदै होला। प्रेम र मित्रताको बन्धनमा रमाउने समय छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

वृष: भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मिथुन: दिन मध्यम खालको छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। धार्मिक कार्यमा सहभागिता हुनेछ। कृषि कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कर्कट: शत्रुको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थीको पढाइमा मन नजान सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला। घरमा अतिथिको आगमन हुनेछ। हौसला बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

सिंह: चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेयर बजारमा लगानीको योजना बन्ला। प्रेमीको भरपुर सहयोग मिल्नेछ। आहारविहारमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। मनोरञ्जनमा सहभागी भइएला। पुँजी बजारले साथ दिनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृश्चिक: सहकर्मीबाट विरोध आउन सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। सानातिना समस्यामा अल्झिनु पर्नेछ। पुँजी बजारले साथ नदेला। आफन्तबाट साथ र हौसला मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: महिला वर्गबाट सहयोग मिल्नेछ। रोकिएका कामको पुन: योजना बन्नेछ। सरकारी निकायबाट सहयोग मिल्ला। शुभ कार्यको योजना बन्नेछ। नजिकका व्यक्तिले सहयोग गर्नेछन्।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। धार्मिक यात्राको योग छ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम जीवन सफल रहनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कुम्भ: खानपिनको विविध परिकार खान पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भक्ति र सेवा भाव बढेर जानेछ। रोकिएका कामको पुन: योजना बन्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७७, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: घर व्यवहारको समस्याले सताउनेछ। सामान हराउने वा चोरी हुने भय छ। प्रेमीसँग असमझदारी बढ्न सक्छ। प्राविधिक तथा राजनीतिक कार्यमा सफलता पाइएला। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad