समाज


अमेरिकामा कार दुर्घटनामा मृत्यु भएका २ नेपालीमध्ये एक दाङका

अमेरिकामा कार दुर्घटनामा मृत्यु भएका २ नेपालीमध्ये एक दाङका

नेपालखबर
असार ३२, २०८२ बुधबार १०:२७, काठमाडौँ

अमेरिकामा हालै भएको  कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीमध्ये एकजना तुलसीपुर उपमहानगरपालिका, दाङका भएको खुलेको छ। 

यही जुलाई १३ तारिख स्थानीय समयअनुसार शनिबार राति ९ बजेतिर लुइसियाना राजमार्ग ५०७ को पश्चिममा रहेको अमेरिकी राजमार्ग ८० मा कार दुर्घटना हुँदा नेपाली नागरिकद्वय २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। 

उनीहरूमध्ये ओलीको घर ठेगाना पत्ता लागेको हो। उनी तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरका भएको उनका काका पोषण ओलीले नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘घरमा बुवा-आमा र एक जना दाइ मात्र छन्, रोजिन १० महिनाअघि मात्र पढ्न अमेरिका गएका थिए।’ 

उनी अमेरिकामा डाक्टरी पढ्दै थिए। 

ओली र यादव दुवै लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए। दुर्घटनामा यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो।

आफ्ना भतिजा रोजिनसँगै पढ्ने यादवको घर भने सर्लाही भन्नेसम्म सुनेको तर निश्चित जानकारी प्राप्त नभएको पोषण ओलीले बताए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरू सवार कार रुखमा ठोकिँदै सडकबाट खसेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad