समाज


१४ हजार भन्दा धेरैले दिए काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा, नतिजा कहिले?

१४ हजार भन्दा धेरैले दिए काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा, नतिजा कहिले?

नेपालखबर
साउन ४, २०८२ आइतबार ७:२७, काठमाडौँ

काठमाडौं महानगरपालिका सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका छन्। 

छनोट भएका १६ हजार एकसय ३७ मध्ये शनिबार भएको परीक्षामा १४ हजार १७३ जना परीक्षार्थी सहभागी भएका महानगरपालिकाले जनाएको छ। ५४ वटा परीक्षा केन्द्रबाट १४ हजार १७३ विद्यार्थीले छात्रवृत्ति परीक्षा दिएका हुन्। 

परीक्षा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको महानगरपालिकाले जनाएको छ । महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ वटै जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए। 

परीक्षाको उत्तरपुस्तिका ओएमआर (अप्टिकल मार्क रिडर) प्रणालीमार्फत जाँच भइरहेको महानगरपालिकाले जनाएको छ। 

यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्छ। नतिजा आजै प्रकाशित हुने महानगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad