समाज


साउन १० को राशिफल: मिथुनले बोलेकै भरमा काम हुने, तुलाले मेहनतको फल पाउने, तपाईँको के?

साउन १० को राशिफल: मिथुनले बोलेकै भरमा काम हुने, तुलाले मेहनतको फल पाउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
साउन १०, २०८२ शनिबार ४:४६, काठमाडौँ

आज शनिबार, १० साउन २०८२ (२६ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५०, सेयर बजारमा --, वैदेशिक कार्यमा ५७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। आज निलो रङ्गको प्रयोग नगर्ने।

वृष: भाग्यले विभिन्न अवसर जुराउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। रोकिएका र चिताएको कामले तीव्रता लिने र रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुनेछन्।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ५४, सेयर बजारमा --, वैदेशिक कार्यमा ५४ र शिक्षामा ८५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। छल कपट नगर्ने।

मिथुन: चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ने र पुरा हुनेछ। अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७०, सेयर बजारमा --, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङ्गको प्रयोग नगर्ने।

कर्कट: ठीक समयमा सही निर्णय लिन सकिनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। रमाइलो यात्राको योग रहेको छ। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। धर्मकर्ममा रुचि बढ्ने। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७५, सेयर बजारमा --, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। झुट नबोल्ने।

सिंह: आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नमिल्ला। नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा भने प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३८, सेयर बजारमा --, वैदेशिक कार्यमा ४८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हरियो वस्त्र धारण गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

कन्या: रोकिएका काम पुनः सुरु हुन सक्छन्। माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रमणीय, सुखद् र धार्मिक यात्राको योग छ। वैदेशिक कामबाट पनि राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६७, सेयर बजारमा --, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रातो वस्त्र धारण गर्ने। आज कालो रङ्गको प्रयोग नगर्ने।

तुला: ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन्। रमणीय र सुखद् यात्राको योग छ। मनमा सेवा र सहयोग भाव आउला। कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ, तर आहार विहार प्रति सजग रहनु पर्छ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५९, सेयर बजारमा --, वैदेशिक कार्यमा ७० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकलाई भोजन दिने। उत्तर दिशा नजाने।

वृश्चिक: परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुनेछन्। विद्या र बुद्धिको विकास हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ। सामाजिक र वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: नियमित खर्चसमेत बढ्ने योग छ। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन पनि सक्छ। आफ्नो कार्य सम्पादनमा समस्या आउला। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा --, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। झुट नबोल्ने।

मकर: नयाँ र शुभकार्यको चर्चा चल्नेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिन्छ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा --, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

कुम्भ: सफल भ्रमण र बजार घुम्ने को योग छ। केही नयाँ कुरा खरीद गर्न सकिनेछ। प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ। धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी पनि भइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६८, सेयर बजारमा --, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङ्गको प्रयोग नगर्ने।

मीन: तपाईंलाई आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ६४, सेयर बजारमा --, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad