गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डको अध्यक्षमा रीता न्यौपाने निर्वाचित भएकी छिन्। निर्वाचन समितिका अनुसार उनले १ सय ८१ मत प्राप्त गरेर विजयी भएकी हुन्।
शनिबार (जुलाई २६ मा) भएको निर्वाचनमा न्यौपानेका प्रतिस्पर्धी भविन्द्र गाहा मगरले ८२ मत प्राप्त गरेका छन्।
यस्तै कार्यसमितिको ५ सदस्यका लागि भएको निर्वाचनमा नरेन्द्र सिंह थामी, सुनिता लावती, अम्बिका हाङबाङ, आशिष श्रेष्ठ र विपिन पराजुली निर्वाचित भएका छन्। ७ जनाले प्रतिस्पर्धा गरेको सदस्य पदमा सन्दिप जिसी र सरोज वस्ती पराजित भएका हुन्।
५५४ जना पञ्जीकृत सदस्य रहेको एनआरएनए पोल्यान्डको आठौं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा २७१ जनाले मतदान गरेका थिए। ८ मत भने बदर भएको थियो।
आइसीसी सदस्यमा आनन्द घिमीरे, प्रथम उपाध्यक्षमा पवन खड्का, उपाध्यक्षमा विवशहाङ्ग राई, महासचिवमा उदयराज गिरी, सचिवमा विजय खरेल, कोषाध्यक्षमा युवराज बराल, महिला सचिवमा पदमा पाण्डे देवकोटा निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी युवा संयोजकमा मनिष कुमार दाहाल, महिला संयोजकमा सुस्मिता थापा तुलाधर तथा लेखा समितिको संयोजकमा कुलबहादुर श्रेष्ठ, सचिवमा झकेन्द्र सापकोटा र सदस्यमा टंक कटुवाल पनि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
२ वर्ष कार्यकाल भएको समितिको निर्वाचन कविन्द्र सुवेदी संयोजक, राम सुवेदी उपसंयोजक र सुसन परियार सदस्य सचिव तथा विकास दोङ, सन्तोष आचार्य (समिप) सदस्य रहेको समितिले गराएको थियो।
Shares

प्रतिक्रिया