कारोबार


फेरि लगातार घट्न थाल्यो सुनको मूल्य, आज कति घट्यो?

फेरि लगातार घट्न थाल्यो सुनको मूल्य, आज कति घट्यो?

नेपालखबर
साउन ११, २०८२ आइतबार ११:५, काठमाडौँ

सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला ११ सय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९३ हजार ६०० सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार सुनको मूल्य पाँचसय रुपैयाँ घटेर एक लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको थियो। 

त्यसअघि गएको बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको थियो। 

गत साताका ६ दिनसम्म लगातार बढ्दै आएको सुनको मूल्य बिहीबारदेखि फेरि लगातार घट्न थालेको हो। 

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेर दुई हजार दुईसय ९० रुपैयाँ कामय भएको महासंघले जनाएको छ।

गएको शुक्रबार चाँदीको मूल्य दुई हजार दुईसय ४० रुपैयाँ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad