काठमाडौँमा एक भारतीय नागरिकको हत्या भएको छ। गए राति करिब २:४५ बजेको समयमा काठमाडौँ महानगरपालिका-२५ न्ह्योखामा डेरा गरी बस्ने भारत पश्चिम बंगालका ५४ वर्षीय सुव्रता पालको हत्या भएको हो।
हत्या आरोपमा नुवाकोट ककनी गाउँपालिका स्थायी घर भई काठमाडौँ-२६ गल्कुपाखा बस्ने ४२ वर्षका श्याम कालिकोटलाई प्रहरीले आज बुधबार पक्राउ गरेको छ।
पालको डेरामा पुगेर टाउकोमा ह्याम्मरले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कालिकोटेलाई प्रहरीद्ये काठमाडौँको नयाँ बसपार्कस्थित ऋषिकेश गेस्टहाउसको कोठानम्बर १०४ नम्बरबाट पक्राउ गरेको हो।
693
Shares

प्रतिक्रिया