समाज


सरकारी कागजात किर्ते गर्ने दुई जना पक्राउ

सरकारी कागजात किर्ते गर्ने दुई जना पक्राउ

नेपालखबर
साउन १५, २०८२ बिहिबार ६:१६, काभ्रे

सरकारी कागजातसहित जनप्रतिनिधिलगायतको दस्तखत र छाप किर्ते गर्ने दुई जनालाई काभ्रेपलान्चोक प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले काठमाडौँको बानेश्वरमा ‘साइबर’समेत सञ्चालन गर्दै आएका एक व्यक्ति र अर्का एकबाट विभिन्न सरकारी कार्यालय, जनप्रतिनिधि, राजनीतिक दल तथा व्यक्तिको दस्तखतवाला छापसहित उपकरण र नगद बरामद गरिएकालाई जिल्ला सदरमुकाम धुलिखेलमा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।  

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–१२ घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय जितेन्द्र तामाङ र गोरखाको सहिद लखन गाउँपालिका–१ घर भई काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरस्थित शङ्खमूलमा गज्जबको फोटोकपी एन्ड स्टेसनरी सेन्टर सञ्चालन गर्ने ४१ वर्षीय किरण अर्याल रहेका छन्। 

दुवै जनालाई लिखतसम्बन्धी कसुर ९सरकारीछाप–दस्तखत किर्ते० मुद्दामा मङ्गलबार म्याद थप गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए। 

घलेका अनुसार मङ्गलबार धुलिखेल नगरपालिका–१२ को वडा कार्यालयको लेटरप्याड, छाप तथा वडाध्यक्षको सहीसमेत किर्ते गरी नक्कली कागजात बनाएको घटनाको अनुसन्धान गर्दै जाने क्रममा अर्यालको साइबर र तामाङका साथबाट वडाध्यक्षको  ‘वार्ड चियरपर्सन’ लेखिएको छापसहित विभिन्न सङ्घसंस्थाको २६ थान छाप, रु ६८ हजार ७०० नगद, विभिन्न मुलुकको १४ थान नोट, दुई थान नागरिकता, पासपोर्ट तथा विभिन्न संस्थाको कागजात, ११ थान पेन–ड्राइभ, एक थान कम्प्युटरको सिपियू र दुई थान हार्ड–ड्राइभ बरामद गरिएको छ। 

तामाङले नाता प्रमाणित गर्न वडा कार्यालय जाने तयारी गरिरहेका बेला साइबर सञ्चालक अर्यालले वडा कार्यालयसम्म पुग्नु पर्दैन यहीबाट बनाई दिन्छु रु ७५० दिनु भन्दै धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौरको लेटरप्याड, छाप र वडाध्यक्षको छापसहितको दस्तखत तयार गरिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad