मौसम पूर्वानुमान महाशाखाले वर्षाबारे जानकारी दिँदा हल्का, मध्यम र भारी जस्ता शब्द प्रयोग गरिरहेको हुन्छ।
के हो त यसको अर्थ?
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यदि २४ घण्टामा १० मिलिमिटर भन्दा कम वर्षा भयो भने त्यसलाई हल्का वर्षा भनिन्छ।
त्यसैगरि २४ घण्टामा १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई मध्यम वर्षा भनिन्छ। त्यसैगरि ५० देखि सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्ने गरिएको छ।
यदि २४ घण्टामा एकसयदेखि दुईसय मिलिमिटरसम्म वर्षा मापन भयो भने त्यसलाई धेरै भारि वर्षा भन्ने गरिएको छ।
नेपालमा कतिपय बेला २४ घण्टामा २ सय मिलिमिटर भन्दा पनि धेरै वर्षा हुने गरेको छ। यदि दुईसय मिलिमिटर भन्दा धेरै वर्षा भए त्यसलाई अति भारि पानी परेको भन्ने गरिएको छ।
मौसमविद् पुडासैनी यसाे भन्छन्
Shares

प्रतिक्रिया