तीन महिनादेखि आन्दोलनरत प्रशिक्षार्थी चिकित्सकले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएका छन्।
देशभरका एमबीबीएस र बीडीएसका प्रशिक्षार्थी चिकित्सक विभिन्न माग राख्दै आन्दोलनरत छन्। एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरुपता अभियान, नेपालअन्तर्गत उनीहरू ९० दिनदेखि आन्दोलनरत छन्।
उनीहरूले माग सम्बोधन गर्न कार्यदल गठन गरेको थियो। कार्यदल दिएको प्रतिवेदनमा देशभरका एमबीबीएस तथा बीडीएस प्रशिक्षार्थी चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको मेडिकल अधिकृतको तलबको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउन र सबै शिक्षण संस्थामा एकरुप व्यवस्था लागू गर्न सिफारिश गरिएको छ। तर, ९० दिन बितिसक्दा पनि कार्यान्वयनमा आएको छैन।
प्रतिवेदन कार्यान्वयन गराउन माग गर्दै उनीहरू असार २७ गते शनिबार बिहान १० बजे माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका छन्। आफ्ना माग पूरा गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गर्न लागिएको उनीहरूले जनाएका छन्।
यसमा आन्दोलन प्रशक्षिार्थी चिकित्सकसँगै एमबीबीएस तथा बीडीएसमा अध्ययनरत विद्यार्थी, वरिष्ठ चिकित्सक, नेपाल मेकिडल एसोसिएसन, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्यकर्मी, नागरिक समाजको सहभागिता रहने उनीहरूले जनाएका छन्।
Shares

प्रतिक्रिया