समाज


ठमेलमा ‘ग्याङ फाइट’मा संलग्न दुई समूहका चारजना पक्राउ

ठमेलमा ‘ग्याङ फाइट’मा संलग्न दुई समूहका चारजना पक्राउ

नेपालखबर
साउन १८, २०८२ आइतबार १६:५७, काठमाडौँ

काठमाडौँको ठमेलस्थित एक दोहोरी साँझमा भएको ‘ग्याङ फाइट’ बाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ठमेलको नगरकोट दोहोरी साँझमा दुई समूहबीच झै–झगडा भएको घटनाको अनुसन्धानको क्रममा यसअघि सानुभाइ भन्ने युवराज गुरुङ समेत ३ जना पक्राउ परेका थिए।

सोही घटनामा संलग्न भइ फरार रहेका अर्को समूहका नुवाकोटको सूर्यगढी गाउँपालिका–१ घर भई काठमाडौंको मनमैंजु बस्ने वर्ष ३७ को राजेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा २ दिन म्याद थप भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदिप चन्दले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad