समाज


लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’ छानबिन समितिमा जुट्यो सहमति, बिहान सवा ४ बजे प्रतिवेदन पास

लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’ छानबिन समितिमा जुट्यो सहमति, बिहान सवा ४ बजे प्रतिवेदन पास

सन्तोष अधिकारी
साउन २०, २०८२ मंगलबार ६:१३, काठमाडौँ

लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’सम्बन्धी संसदीय विशेष छानबिन समितिमा सहमति जुटेको छ।

मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत छानबिन प्रतिवेदन पास भएको समिति सदस्य ईश्वरी घर्तीले नेपालखबरलाई जानकारी दिइन्।

उनका अनुसार प्रतिवेदनमा समितिका सातै सदस्यले हस्ताक्षर गरेका छन्। 

संघीय निजामती सेवा विधेयकमा राखिएको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान नै निष्क्रिय बनाउने गरी बाहेक शब्द घुसाइएको पाइएपछि छानबिनका लागि संसदीय समिति गठन गरिएको हो। 

आइतबार बिहानदेखि राति अबेरसम्म र सोमबार दिनभर छलफल गर्दा पनि कुलिङ अफ पिरियडमा ‘बाहेक’ शब्द कसले थप्यो भन्ने विषयमा ट‌ुंगोमा नपुगेपछि बैठक मंगलबार बिहानसम्म जारी रहेको हो। 

छानबिन गर्न बनेको समितिले सुरुको २१ दिन र त्यसपछिको ७ दिनमा पनि सहमति जुटाउन सकिरहेको थिएन।

समितिले अनुसन्धानका लागि पाएको समयावधि आइतबार राति १२ बजे नै सकिएको थियो। तर पनि बैठक निष्कर्षमा पुग्न नसकेपछि मंगलबार बिहानसम्म जारी राखिएको हो।

प्रतिवेनदमा के-कस्ता कुरा छन् भन्ने विषयमा विस्तृत जानकारी प्राप्त हुन बाँकी छ। 

कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारको संयोजकत्वमा गठित समितिमा कांग्रेस-एमालेबाट दुई-दुई, नेकपा माओवादीबाट एक, रास्वपा र राप्रपाबाट एक-एक जना सांसद सदस्य छन्।

कांग्रेसबाट परियार (संयोजक) र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की समितिमा सदस्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad