समाज


११५ केजी बुद्धचित्त माला र १२ लाख नगदसहित दुई चिनियाँ पक्राउ

११५ केजी बुद्धचित्त माला र १२ लाख नगदसहित दुई चिनियाँ पक्राउ

नेपालखबर
साउन २९, २०८२ बिहिबार १३:४, काठमाडौँ

प्रहरीले ठूलाे मात्रामा बुद्धचित्त माला र स्रोत नखुलेको नगदसहित २ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार राति ठमेलबाट उनीहरुलाई पक्राउ परेको हो।

प्रहरीका अनुसार ११५.६५ केजी बुद्धचित्त माला र १२ लाख ७० हजार नगद समेत फेला परेको परिसरका एसपी अपीलराज बोहोराले जानकारी दिए।

त्यस्तै उनीहरूको साथबाट ३ वटा मोबाइल फोन र २ वटा पासपोर्ट समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई नियन्त्रणमा थप अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad