समाज


नेपाल बारले विवादित न्यायाधीशका फैसला अध्ययन गर्ने, न्यौपानेको नेतृत्वमा समिति गठन

नेपाल बारले विवादित न्यायाधीशका फैसला अध्ययन गर्ने, न्यौपानेको नेतृत्वमा समिति गठन

नेपालखबर
भदौ १०, २०८२ मंगलबार १५:१०, काठमाडौँ

नेपाल बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न समिति गठन गरेको छ।

बारले वरिष्ठ अधिवक्ता एवं न्याय परिषद्का पूर्वसदस्य उपेन्द्र केशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको हो।

नेपाल बार एसोसिएसनको विधान, २०४८ बमोजिम केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार फैसला अध्ययन समिति गठन गरिएको महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए। 

कोइरालाका अनुसार समितिबाट अध्ययन भई सम्पादन भएका कार्यहरु सहितको प्रतिवेदन वार्षिक साधारण सभा र केन्द्रीय कार्यकारिणी परिषद्‌को बैठकमा प्रस्तुत गरिनेछ। त्यसपछि उक्त प्रतिवेदन सार्वजनिक जानकारीका लागि प्रकाशन पनि गरिदिनेछ।

समितिको सदस्यमा डा. सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत छन्।

महासचिव कोइरालाले एकआपसमा बाझिएका, विधिशास्त्रीय मान्यतासँग असंगति रहेका फैसला अध्ययन गरिने र समितिको कार्यादेश खुला राखिने जानकारी दिए।

हालै मोहम्मत अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालत वीरगन्जको फैसला, भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको फैसला र केही संवैधानिक इजलासबाटै भएका फैसला पनि विवादित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad