समाज


मन्त्रिपरिषद् बैठक: विशेष अदालतमा तोकिए यी न्यायाधीश

मन्त्रिपरिषद् बैठक: विशेष अदालतमा तोकिए यी न्यायाधीश

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १३:६, काठमाडौँ

सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू तोकेको छ।

न्याय परिषद्को परामर्शमा शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई तोकेको छ।

यस्तै सदस्यहरूमा उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगन्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई तोकेको हो।

विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा मन्त्रिपरिषद्ले तोक्ने कानुनी व्यवस्था छ।

साउन ३० गते बसेको न्याय परिषद् बैठकले नै परामर्श दिएको भए पनि २ सातापछि मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो। 

विशेष अदालतमा विशेष गरी भ्रष्टाचासम्बन्धी मुद्दाको सुनुवाइ हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad