समाज


भारतमा एकैदिन ९ सय ९१ जनामा कोरोना संक्रमण, ४३ को मृत्यु

भारतमा एकैदिन ९ सय ९१ जनामा कोरोना संक्रमण, ४३ को मृत्यु

नेपालखबर
बैशाख ६, २०७७ शनिबार १२:८,

सोही अवधिमा भारतमा ४३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या १४ हजार ४२५ पुगेको छ। त्यहाँ मृत्यु हुनेको संख्या ४ सय ८८ पुग्दा २ हजार ४५ जना उपचारपछि स्वस्थ बनेका छन्।

हाल भारत कोरोना भाइरसको त्रासपछि लकडाउन गरिएको छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी हुनेछ।

शनिबारसम्म २२ लाख ६३ हजार ५२ जनामा कोरोनाको पुष्टि भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ लाख ५४ हजारभन्दा बढी पुगेको छ।

एक लाख ५४ हजार ८२७ जनाको हालसम्म कोरोनाको कारण मृत्युहुँदा पाँच लाख ८१ हजार १६१ जनाभने उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो। अमेरिकामा ७ लाख १० हजार २७१ कोरोना संक्रमित छन्। त्यहाँ ३७ हजार १७५ को मृत्यु भइसकेको छ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा ८२ हजार ७१९ कोरोना संक्रमित छन्। त्यहाँ ४ हजार ६३२ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad