समाज


आवतजावत रोकिएका ८ सडक सरकारले तत्काल खुलाउने

आवतजावत रोकिएका ८ सडक सरकारले तत्काल खुलाउने

नेपालखबर
भदौ १५, २०८२ आइतबार १६:३९, काठमाडौँ

बाढीपहिरोका कारण अवरुद्ध ८ सडक सरकारले तत्काल खुलाउने भएको छ। 

आइतबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सिंहको अध्यक्षतामा बसेको बैठकमा उनले बाढी पहिरोका कारण अवरुद्ध बनेका सडक खुलाएर तत्काल आवतजावत सहज बनाउन निर्देशन दिएका हुन्। 

सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या हुने भन्दै तत्कालै समस्या आएका ठाउँमा समाधान गर्नेगरि काम गर्नुपर्ने बताए।

बैठकमा गृहमन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले वर्षाका कारण अवरुद्ध हुन पुगेका सडकहरुबारे तयार गरेको विवरण सिंहलाई जानकारी गराइएको थियो। 

हाल पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवा गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे,अरनीको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका-२कोदारी र घट्टेखोला, बेनिजोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका दुईखोलीमा सडक अवरुद्ध छ। 

त्यस्तै, घोराही-थवाङ सहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका, भेरि करिडोरअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका छलघाट, कर्णाली राजमार्गअन्तर्गत शुभकालिन गाउँपालिका र भेरि करिडोर अन्तर्गत आठविसकोट नगरपालिकामा सडक अवरुद्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad