ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिला यूएईबाट पक्राउ परेकी छन्।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ घर भएकी सरिता घर्ती मगरलाई इन्टरपोलको सहयोगमा युएईमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न आइतबार नेपाल फिर्ता ल्याइएको छ।
उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
33
Shares

प्रतिक्रिया