राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेत १५ लाख धरौटी बुझाएर रिहा भएकी छन्।
जिल्ला अदालत नवलपुरले सांसद बस्नेतलाई कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्था ठगीको आरोपमा १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
बुधबार जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले यस्तो आदेश दिएपछि बुधबार नै धरौटी बुझाएर उनी रिहा भएकी हुन्।
सहकारी ठगीको अभिगोगमा अदालतमा मुद्दा दायर भएपछि उनी फरार थिइन्।
सांसद बस्नेत र सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मासहित ३५ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिल कार्यालय नवलपुरले २०८१ जेठ २० गते मुद्दा दायर गरेको थियो।
छिपछिपे सहकारीको १६ करोड ५८ लाख ९२ हजार २६१ रुपैयाँ हिनामिना भएको अभियोगमा दाबी गरिएको छ। सांसद बस्नेत, सहकारीका सञ्चालक र कर्मचारीको मिलेमतोमा हिनामिना गरेको आरोप छ।
धरौटीमा रिहा भएसँगै अब सांसद बस्नेतलाई संसद बैठकमा उपस्थित हुन समेत बाटो खुला भएको छ। यसअघि अनुपस्थित रहँदै आएकी उनलाई पार्टीले समेत अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो।
Shares

प्रतिक्रिया