समाज


सन्तान खोज्दै अभिभावक ट्रमा सेन्टरमा

सन्तान खोज्दै अभिभावक ट्रमा सेन्टरमा

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
भदौ २३, २०८२ सोमबार २०:७, काठमाडौँ

जेनजी प्रदर्शनका क्रममा मृत्यु तथा घाइते भएका आफ्ना सन्तान खोज्न सयौं अभिभावक ट्रमा सेन्टरमा भेला भएका छन्। 

सोमबार भएको प्रदर्शनमा २० जनाको ज्यान गएको छ भने २६० भन्दा बढी घाइते भएका छन्। 

मृतकमध्ये दुईजना इटहरीमा मारिएका हुन् भने बाँकी सबै काठमाडौंको भएको प्रदर्शनमा ज्यान गुमाएका हुन्।

ट्रमा सेन्टरमा मात्रै उपचारका क्रममा ८ जनाको निधन भएको अस्पताल प्रशासनले जनाएको छ। 

यीमध्ये ५ जनाको पहिचान भएको छ।

ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो।

गम्भीर घाइते अवस्थामा ल्याइएका उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो। मृतकमध्ये बाँकी तीनजनाको अझै सनाखत हुन सकेको छैन। 

यस्तै, ट्रमा सेन्टरमा ४९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक विरामीलाई हेर्न निर्देशन दिएको छ। 
बाँकी घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad