राजनीति


आजबाट सरकारको औचित्य पुरै समाप्त भएको छ : शेखर कोइराला

आजबाट सरकारको औचित्य पुरै समाप्त भएको छ : शेखर कोइराला

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८२ सोमबार २०:११, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेको आरोप लगाएका छन्। समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले जीनको आन्दोलमा आफ्नो साथ रहेको बताएका छन्। 

‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ,’ कोइरालले भनेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मलहम लगाउन सक्दैन। यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु।’ 

त्यस्तै उनले आजको नदेखि यो सरकारको औचित्य पुरै समाप्त भएको समेत बताएका छन्। ‘आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ,’ कोइरालाको भनाइ छ, ‘तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं।’


प्रिय जेनजी साथीहरू,

आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन। जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेको छ।

त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन। सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ। श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन। यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु। 

तपाईंहरुका माग समय सापेक्ष र जायज छन्। आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र? देशबाट भ्रष्टाचार निर्मुल हुनैपर्छ।

आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ। तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं।
तपाईंको अभिभावक, 

डा शेखर कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad