समाज


वैज्ञानिक महावीर पुनको घोषणा : जेन-जीका लागि जे पनि गर्न तयार छु

वैज्ञानिक महावीर पुनको घोषणा :  जेन-जीका लागि जे पनि गर्न तयार छु

नेपालखबर
भदौ २३, २०८२ सोमबार २०:३८, काठमाडौँ

वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले आन्दोलनमा उत्रिएका जेन-जीका लागि जे पनि सहयोग गर्न तयार रहेको घोषणा गरेका छन्। 

भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध सोमरबा जेन-जीले राजधानीसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनका क्रममा सरकारले दमन गर्दा २० भन्दा बढी युवा मारिएका छन्। 

यसप्रति गहिरो दु:ख प्रकट गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले नयाँ पुस्ताका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताएका हुन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भाइबहिनीहरूको पक्का साथी र सहयोगी हुँ। मैले अहिलेसम्म काम गर्ने भनेकै १६ वर्षदेखि माथिका र ३० वर्षभन्दा कम उमेरका भाइबहिनीहरूसँग नै हो। राष्ट्रिय आविष्कार केन्द्र जेन-जीहरूकै लागि सञ्चालन गरेको हो। मेरो आत्मकथाको किताब पनि जेन-जीका भाइबहिनीहरूलाई प्रोत्साहान दिनको लागि लेखेको हो। आजको अत्यन्त दु:खद् घटनाले म धेरै दुखित छ। म जेन-जीको लागि जे पनि गर्न तयार छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad