राजनीति


मन्त्रिपरिषद्‌बाट सामाजिक सञ्जाल नखोलेपछि ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

मन्त्रिपरिषद्‌बाट सामाजिक सञ्जाल नखोलेपछि ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८२ सोमबार २०:४०, काठमाडौँ

जेनजी प्रर्दशनकारीले देशका विभिन्न स्थानमा गरेको प्रदर्शनमा सरकारले गरेको व्यापक दमनमा ठूलो मानवीय क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। 

सरकारले गत बिहीबारदेखि बन्द गराएको सामाजिक सञ्जाल तत्काल खोल्न देउवाले ओलीलाई फोनबाट आग्रह गरेका थिए।

उनले सोमबार बेलुकादेखि नै बन्द गरिएका सबै सञ्जाल खोल्नेगरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्न भनेका थिए। तर, लगत्तै बसेको मन्त्रिपरिषद बैठकले त्यसबारे कुनै निर्णय गरेन।

त्यही विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री ओलीबीच चर्काचर्की परेको थियो।

अहिले बालुवाटारमा मन्त्री पौडेल, परराष्ट्रमन्त्री आरजु राणालगायतका नेता  बैठकमा सहभागी छन्। कांग्रेसको सोमबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले जेनजीको प्रदर्शनमा भएको क्षतिको बारेमा समीक्षा गरेको थियो।

गृहमन्त्री रमेश लेखकले आफूले राजीनामा दिने बताएर मन्त्रिपरिषद् बैठकमा हिडेका थिए। लगत्तै उनले राजीनामा दिइसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad