समाज


काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

यी हुन् कर्फ्यु आदेश जारी भएका क्षेत्र
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ८:१, काठमाडौँ

काठमाडौँमा पनि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। 

सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। सरकारी दमनकाे  बिराेधमा हुनसक्ने प्रदर्शनलाई राेक्नकाे लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेकाे हाे।

स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ। 

कर्फ्यु अवधिभरि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउन जस्ता क्रियाकलाप गर्न नपाइने सूचनामा उल्लेख छ। 

यी हुन कर्फ्यु आदेश जारी भएका क्षेत्र

काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएकाे छ। 

उल्लेखित क्षेत्रमा कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मीहरू, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको लागि भने आवागमनको लागि सुरक्षाकर्मीबाट सहजीकरण हुने सूचनामा उल्लेख छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad