समाज


प्रधानमन्त्रीको नियुक्ति संविधानविपरीत, संसद् विघटनबाट जनमतको अपमान: पत्रकार महासंघ

प्रधानमन्त्रीको नियुक्ति संविधानविपरीत, संसद् विघटनबाट जनमतको अपमान: पत्रकार महासंघ

नेपालखबर
भदौ २८, २०८२ शनिबार १८:४१, काठमाडौँ

नेपाल पत्रकार महासंघले जेनजीले उठाएको भ्रष्टाचारविरुद्धको माग संविधानको दायराभित्रबाटै पूरा गर्न सकिने भए पनि त्यस विपरित प्रधानमन्त्रीको नियुक्ति भएको टिप्पणी गरेको छ। 

महासचिव रामप्रसाद दाहालले शनिबार विज्ञप्ति निकाल्दै प्रतिनिधि सभाको विघटनले जनमतको अपमान गरेको बताएका हुन्। 

‘जेन्जी पुस्ताले उठाएको भ्रष्टाचार र बेथिति विरूद्दको माग संविधानको दायराभित्रबाटै पूरा गरि उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढने अवसर मुलुकले प्राप्त गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर हिजो राष्ट्रपतिबाट संविधानको प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो। यसबाट जनमतको अपमान भएको छ। यो अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भत्र्सना गर्दछ।’

संविधान विपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्त विपरीत भएको प्रतिनिधि सभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको ठहर महासंघको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad