समाज


चुच्चेपाटीस्थित भाटभटेनीभित्र भेटिए ६ शव

चुच्चेपाटीस्थित भाटभटेनीभित्र भेटिए ६ शव

नेपालखबर
भदौ २९, २०८२ आइतबार ११:२८, काठमाडौँ

काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीभित्र आज (आइतबार) बिहान ६ वटा शव भेटिएका छन्।

जलेको अवस्थामा ६ वटा शव भेटिएको प्रहरीले नेपालखबरलाई जानकारी दियो। 

‘भवनको माथिल्लो तलामा ६ वटा मानव कंकाल भेटिएका छन्, अझै खोजी जारी छ’, एक प्रहरी अधिकारीले नेपालखबरसँग भने। 

जेनजी आन्दोलनका क्रममा उक्त भाटभटेनीमा तोडफोड र आगजनी भएको थियो। 

त्यस क्रममा उनीहरू जलेका हुन्। डीएनए परीक्षणबाट मात्र मृतकको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी अर्थात् नवयुवा पुस्ताले यही भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा व्यापारिक प्रतिष्ठानहरूमा पनि आगो लगाइएको थियो।  

त्यस क्रममा पहिलो दिन भदौ २३ गते प्रहरीको गोलीबाट १९ युवा मारिएका थिए भने दोस्रो दिन भदौ २४ गतेसमेतको प्रदर्शनमा घाइते भएकाहरूको उपचारका क्रममा मृत्यु हुँदा आजसम्म मृतकको संख्या ५८ पुगिसकेको प्रहरीले जनाएको छ। 

जेनजी आन्दोलनकै कारण ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ। साथै संसद् विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad