राजनीति


प्रधानमन्त्री कार्कीद्वारा सिंहदरबार पुगेर पदभार ग्रहण

प्रधानमन्त्री कार्कीद्वारा सिंहदरबार पुगेर पदभार ग्रहण

नेपालखबर
भदौ २९, २०८२ आइतबार ११:३५, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन्। केहीबेरअघि सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।

त्यसअघि कार्कीले लौनचौरमा पुगेर सहिदको प्रतिमामा माल्यार्पण गरेकी थिइन्। 

जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ।

आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन्।

कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन्। 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास आगजनी र तोडफोले क्षतिग्रस्त भएकाले कार्की  अहिले निजी निवासमा बसिरहेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad