समाज


बैंक लुटेराले फालेको पैसा प्रहरीलाई फिर्ता

बैंक लुटेराले फालेको पैसा प्रहरीलाई फिर्ता

नेपालखबर
भदौ २९, २०८२ आइतबार १४:२६, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकबाट लुटिएको पाँच लाख रुपैयाँ फिर्ता गरिएको छ। आन्दोलनका क्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट लुटेराहरूले लुटेको पाँच लाख रुपैयाँ फिर्ता आएको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। 

सो रकम ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश दउलाले प्रहरीलाई फिर्ता गरेका हुन्। देउलाका अनुसार २४ गते लुटेराको समूह बैंकभित्र प्रवेश गरेर पैसा लुटेर फर्किंदै थिए। सोही बेला देउलाले बैंकबाट पैसा लुटेर बाहिरिनेहरूको भिडिओ बताउँदै थिए।

सोही बेला उनले लुटेरलाई भिडिओ बनाउँदै ‘बैंक लुट्न पाइन्छ?' भनेपछि एकजनाले पैसाको बिटो फालिदिएका थिए। सो दिन ती व्यक्तिले फालेको ५ लाख १० हजार ५ सय ३७ रुपैयाँ दउलाले जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad