समाज


सवारी लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

सवारी लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

आगलागी हुँद गर्दा यातायात कार्यालय।


नेपालखबर
भदौ २९, २०८२ आइतबार १४:५१, काठमाडौँ

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको छ। 

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा लाइसेन्स छपाइ तथा वितरण गर्ने कार्यालयहरू तोडफोड र आगजनीबाट पूर्णरुपमा ध्वस्त भएसँगै यातायात व्यवस्था विभागले जानकारी दिएको छ। 

'मिति २०८२/०५/२३ र २४ गते विरोध प्रदर्शनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गई सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणलगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने व्यहोरा जानकारीका लागि अनुरोध छ' विभागले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad