त्रिवि शिक्षण अस्पतालले २० औँ सफल कलेजो प्रत्यारोपण गरेको छ।
अस्पतालले कैलालीका ४० बर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो। ३९ बर्षीया बहिनीले उनलाई कलेजो दान गरेकी हुन।
कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा रमेश सिंह भण्डारीको टोलीले प्रत्यारोपण गरेको हो। डा भण्डारीले कलेजो प्रत्यारोपण सफल भई बिरामी डिस्चार्ज भएको जनाए।
२०७६ जेठ १७ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको अस्पतालले ६ बर्षमा २० जनाको कलेजो प्रत्यारोपण गरेको छ।
हाल सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण गर्छन्।
निजी अस्पतालमा मेडिसिटी अस्पताल र चितवन मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्दै आएका छन्।
45
Shares

प्रतिक्रिया