समाज


अन्तरिम सरकारलाई अवरोध नगर्न कानुन व्यवसायीको माग (तस्बिर)

अन्तरिम सरकारलाई अवरोध नगर्न कानुन व्यवसायीको माग (तस्बिर)

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १४:३६, काठमाडौँ

कानुन व्यवसायीहरूले नवगठित अन्तरिम सरकारलाई काम गर्न दिन माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। 

नेपाल बार एसोसिएनको भवनअगाडि प्रदर्शन गर्दै उनीहरूले जेनजी आन्दोलनबाट भएको परिवर्तन स्वीकार गरेर नवगठित अन्तरिम सरकारलाई काम गर्न दिन भनेका छन्। 

उनीहरूले घोषित निर्वाचन स्वीकार गर्न, देशलाई थप दुर्घटनामा जान नदिन, परिवर्तनलाई स्वीकार गर्न, ०४६ सालपछि राज्यको उच्च ओहदामा पुगेका व्यक्तिहरूको सम्पत्ति छानविन गर्न, राष्ट्रिय एकता कायम गर्न माग गर्दै प्लेकार्ड पनि प्रदर्शन गरेका छन्। 

यसअघि कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले भने संसद् (प्रतिनिधि सभा) विघटनलाई ‘स्वेच्छाचारी र असंवैधानिक’ भन्दै भर्त्सना गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad