समाज


जेनजी आन्दोलनका क्रममा मृत्यु भएका प्रहरीको परिवारलाई प्रहरीले १० लाख दिने

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका प्रहरीको परिवारलाई प्रहरीले १० लाख दिने

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १९:२५, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका प्रहरीका परिवारलाई प्रहरीले पनि आर्थिक सहयोग गर्ने भएको छ।

सोमबार सूचना जारी गर्र्दै प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रति परिवार १० लाख उपलब्ध गराउने बताइएको हो।

‘मिति २०८२।०५।२३ र २४ गते आन्दोलनको क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कट्टा गरी प्रति परिवार जनही १०
गराउने निर्णय भएको व्यहोरा अनुरोध छ,’ प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रदर्शनका क्रममा अहिलेसम्म ३ जना प्रहरीको मृत्यु भएको छ। त्यस्तै सरकारले पनि आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने र परिवारलाई १५ लाख दिने निर्णय गरेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad