जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरूको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सम्बन्धित जिल्लामा पठाइएको छ।
आज (मंगलबार) सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरूमा शव लगिएको जंगी अड्डाले जनाएको छ।
जेनजी युवा पुस्ताद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये १० जनाको शव आज शवयात्रासहित शिक्षण अस्पतालबाट निकालिएको थियो।

ती मध्ये चारजनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ भने उपत्यका बाहिरका ६ जनाको शव सम्बन्धित जिल्लामा पठाइएको हो।
जेनजी आन्दोलनका क्रममा ७२ जनाको ज्यान गएको थियो। सरकारले उनीहरूलाई सहिद घोषणा गरेको छ।

51
Shares

प्रतिक्रिया