कान्तिपुर कोलोनीका स्थानीयहरुले सातदोबाटो प्रहरी बृत्तलाइ सहयोग उपलब्ध गराएका छन्।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त भएको सातदोवाटो प्रहरी बृत्तलाई कान्तिपुर कोलोनीका स्थानीयले सहयोग हस्तान्तरण गरेका हुन्।
ललितपुर १४ नखिपोटको हाम्रो कान्तिपुर टोल विकास संस्थाले मंगलबार बृत्तलाई कम्प्युटर, प्रिन्टरका साथै फर्निचर सामग्री सहयोग हस्तान्तरण गरेको हो।
संस्थाका अध्यक्ष जितेन्द्रबहादुर भण्डारीले प्रहरी नायब उपरिक्षक रामकुमार यादवलाई सहयोग हस्तान्तरण गर्दै अफ्ठेरो अवस्थामा प्रहरी र स्थानीय समुदायको समन्वय आवश्यक हुने बताए।
बर्दीविनाका प्रहरीको रुपमा रहने नागरिकको समन्वय र सहयोगमा प्रहरीहरुको मनोवल बढ्ने बताउँदै यादवले नागरिक सहयोग र साझेदारीको भावनात्मक पक्ष बलियो हुने बताए।
Shares

प्रतिक्रिया