जेनजी आन्दोलनमा घाइते भएका १५३ जना अझै उपचारमै रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनमा घाइते भएका १५३ जनाको २९ अस्पतालमा उपचार भइरहेको जनाएको हो।
मन्त्रालयले सबै भन्दा धेरै ट्रमा सेन्टरमा २८ जना घाइतेकहरुको उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा १७, काठमाडौँ मेडिकल कलेज (केएमसी) मा १४ जना घाइते उपचार भईरहेको छ।
त्यस्तै नेपाल पुलिस अस्पतालमा १२, चितवन मेडिकल कलेजमा ८, गण्डकी मेडिकल कलेजमा ७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नोबल मेडिकल कलेजमा ६,६ जनाको उपाचार भइरहेको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर २ हजार ३१६ जना घाइते भएको मन्त्रालयले जनाएको छ। ती मध्ये २ हजार जना निको भएर डिस्चार्ज भएका छन्।
सरकारका अनुसार आन्दोलनमा ६१ जना प्रदर्शनकारी, १० जना कैदीवन्दी, ३ जना प्रहरीसहित ७४ जनाको मृत्यु भएको छ।
Shares

प्रतिक्रिया