समाज


काठमाडौँ प्रहरी प्रमुखमा रमेश थापा, जेनजी आन्दोलनपछि सेट नै परिवर्तन

काठमाडौँ प्रहरी प्रमुखमा रमेश थापा,  जेनजी आन्दोलनपछि सेट नै परिवर्तन

नेपालखबर
असोज २, २०८२ बिहिबार २०:५९, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गृहमन्त्रीले बिहीबार गरेका हुन्। 

यसअघिका एसएसपी विश्वराज अधिकारीलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ। जेनजी आन्दोलनमा २३ गते अत्यधिक बल प्रयोग गरेको भन्दै प्रहरीको चौतर्फी विरोध भइरहेका बेला सरकारले काठमाडौँका एसएसपी, एसपी र डीएसपीसमेत हेरफेर गरेको हो। आधाजसो प्रहरी वृत्तका प्रमुख पनि परिवर्तन गरिएको छ। परिसरका अझै केही डीएसपी हेरफेरको तयारी भइरहेको छ। 

काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी पाएका थापाले यसअघि एसपी हुँदा उदयपुर र कास्कीको प्रहरी प्रमुख भएर काम गरिसकेका छन्। उनी आफ्नो ब्याचका पहिलो नम्बरका एसएसपी हुन्। 

यसअघि बुधबार एसपी अपीलराज बोहरा र कुलदीप चन्दलाई पनि काठमाडौँ प्रहरी परिसरबाट सरुवा गरिसकिएको छ। नयाँ एसपीमा पवन भट्टराईलाई ल्याइएको छ। यस्तै डीएसपी सुन्दर तिवारी पनि परिसरबाट सरुवा भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad