समाज


जेनजी आन्दोलनका बेला रातोपुलमा चोरी र तोडफोड गर्ने ३ जना पक्राउ

जेनजी आन्दोलनका बेला रातोपुलमा चोरी र तोडफोड गर्ने ३ जना पक्राउ

नेपालखबर
असोज ४, २०८२ शनिबार १८:५, काठमाडौँ

जेनजी आन्दोलनको क्रममा काठमाडौँको रातोपुल क्षेत्रमा भएको तोडफोड, आगजनी तथा चोरीको घटनामा संलग्न ३ जना युवकहरूलाई प्रहरीले पक्राउ गरेको छ।

२०७९ भदौ २४ गते रातोपुलस्थित एक निजी घरमा ढुङ्गामुढा, तोडफोड, आगजनी गरी घरभित्रबाट नगद, सुनचाँदी लगायतका सामाग्री चोरी भएको घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो। 

सोही सिलसिलामा प्रहरीले २०७९ भदौ ३१ गते अपराह्न ४ः३० बजे रातोपुल क्षेत्रमै संकास्पद गतिविधि गरिरहेको अवस्थामा ३ जनालाई नियन्त्रणमा लिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले बताएको छ। 

पक्राउ पर्नेहरूमा खोटाङ जिल्ला, दिप्रुङ चुईचुम्पा गाउँपालिका-३ घर भइ हाल रातोपुल बस्दै आएका उमेर २७ वर्षीय सुजन राई, हाल काठमाडौँ महानगरपालिका-७मा बस्दै आएका सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ घर भइ हाल रातोपुल बस्दै आएका १८ वर्षीय अगम प्रजा रहेका छन्। 

उनीरूको डेराबाट सुन, चाँदीजस्तो देखिने लगायतका सामाग्री फेला परेको प्रहरी जनाएको छ। 

पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई प्रहरी वृत्त मालिगाउँमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad