सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
राई समुदायले मनाउने ‘आउताबाबु औँसी’ पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले शनिबार सूचना जारी गर्दै राई समुदायको ‘आउताबाबु औँसी’ पर्वका अवसरमा गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थालगायत आज बन्द रहने जानकारी दिएका हुन्।

36
Shares

प्रतिक्रिया