नेपाल प्रहरीका एक जवान मृत फेला परेका छन्। बुटवल राजमार्गस्थित चौराहास्थित प्रहरी तालिम केन्द्रमा कार्यरत बाँकेको राप्तिसोनारी गाउँपालिका-३ का २४ वर्षका श्याम चौधरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुन्डिएको अवस्थामा शनिबार फेला परेको प्रहरीले जनाएको छ।
गत शुक्रबार रातिको ड्युटी गरेका उनी शनिबार बिहान मृत फेला परेका हुन्। शनिबार नै उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र शव परिवारको जिम्मा लिइसकेको प्रहरीको भनाइ छ।
उनी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए।
384
Shares

प्रतिक्रिया