समाज


जेनजी आन्दोलनमा प्रहरीको पेस्तोल लुट्ने २४ वर्षीय युवक गोदावरीबाट पक्राउ

जेनजी आन्दोलनमा प्रहरीको पेस्तोल लुट्ने २४ वर्षीय युवक गोदावरीबाट पक्राउ

नेपालखबर
असोज ५, २०८२ आइतबार २२:३, काठमाडौँ

गत भदौ २३ गते र २४ गते भएको जेनजी आन्दोलनमा प्रहरी प्रभाग हरिसिद्बी ललितपुरको कार्यालयबाट लुटिएको दुई थान पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका- १४ ठैब खुस्बुटोल डेरा गरी बस्ने ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-३ का वर्ष २४ को दीपक राई रहेका छन्।

गोप्य सूचनाको आधारमा प्रहरीले उनको पहिचान गरी खोजतलास गर्ने क्रममा राईले आफ्नो डेराकोठामा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार बरामद भएको हो।

उनको साथबाट २ थान पेस्तोल र सोमा लाग्ने म्यागजिन थान-२ र गोली १३ राउण्ड समेत बरामद भएको प्रहरीले जनाएको छ।

राई उपर हातहतियार खरखजना तथा संगठित अपराध मुद्दा समेतमा ललितपुर जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद लिई थप अनुसन्धान भई रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad