वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न पाँचवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। त्यसैगरि अन्य सातवटा राजमार्गमा पनि एकतर्फी मात्रै यातायात चलेका प्रहरीले जनाएको छ।
आज कोसी राजमार्गको भोटखोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ। यो सडक लामो समयदेखि अवरुद्ध अवस्थामा छ।
त्यसैगरि कोसी राजमार्गकै मकालु गाउँपालिका-३ को एकुवामा पनि सडक अवरुद्ध छ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध छ।
त्यसैगरि अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ। यहाँ पनि लामो सयदेखि सडक अवरुद्ध हुँदै आएको छ।
ती ठाउँमा पहिरो र कटानको कारण सडक एकतर्फी भएको हो। दसैँको बेला निर्वाध रूपमा सवारी सञ्चालन नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।

Shares

प्रतिक्रिया