समाज


नेपालका स्वास्थ्य स्वयंसेविका सेविकाहरूलाई जनस्वास्थ्य च्याम्पियन अवार्ड

नेपालका स्वास्थ्य स्वयंसेविका सेविकाहरूलाई जनस्वास्थ्य च्याम्पियन अवार्ड

नेपालखबर
असोज ६, २०८२ सोमबार १७:१९, काठमाडौँ

नेपालका सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरूलाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ पाउने भएको छन्। 
 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण-पूर्व एसिया क्षेत्रीय कार्यालयले मातृशिशु मृत्युदर कम गर्न स्वयंसेविकाहरूले विशेष योगदान गरेको भन्दै सम्मान गर्ने जनाएको छ। 

डब्लुएचओले आज नेपालका सामुदायिक स्वास्थ्य स्वयंसेविका, भारतका डा सतेन्द्र सिंह र भारतकै लेप्रा सोसाइटीलाई यो अवार्ड प्रदान गर्न लागिएको जनाएको छ। 

नेपालका महिला महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई नेपालमा मातृ तथा शिशु स्वास्थ्य सुधार, खोप दर वृद्धि, पोषण प्रवर्द्धन, रोग प्रकोप व्यवस्थापनलगायत क्षेत्रमा महत्वपूर्ण योगदानका लागि सम्मान गर्न लागिएको जनाएको छ। 

स्वयंसेविकाहरूको प्रयासले मातृ मृत्युदर १९९० को ९०१ प्रति १ लाख जीवित जन्मबाट घटेर २०२१ मा १५१ मा पुगेको छ भने पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर १६२ बाट २८ प्रति हजारमा झरेको छ डब्लुएचओको विज्ञेप्तिमा उल्लेख गरिएको छ। 

भारतका युनिभर्सिटी कलेज अफ मेडिकल साइन्सेज तथा जीटीबी अस्पतालका फिजियोलोजी विभागका निर्देशक–प्राध्यापक डा सतेन्द्र सिंहलाई स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षामा अपांगता समावेशीकरणलाई अघि बढाएको योगदानका लागि सम्मानित गर्न लागिएको हो। 

कुष्ठरोगीको उपचारमा काम भन्दै भारतको लेप्रा सोसाइटीलाई सम्मानका लागि छनोट गरिएको छ। 

भारतका नौ राज्यका १४३ जिल्लाका १४६ स्वास्थ्य केन्द्रमार्फत सेवा दिँदै आएको लेप्रा सोसाइटीले कुष्ठरोग मात्र नभई क्षयरोग, एचआईभी, लिम्फाटिक फिलारियासिस र कोभिड-१९ महामारीमा समेत यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको डब्लुएचओले जनाएको छ। 

बंगलादेश, भारत, नेपाल र थाइल्यान्डबाट जम्मा ५० नामावली प्राप्त भएकोमा यी तीन विजेता छनोट भएका हुन्।  विजेताहरूलाई श्रीलंकाको कोलम्बोमा हुन लागेको डब्ल्यूएचओ दक्षिण-पूर्व एसिया क्षेत्रीय समितिको ७८औँ बैठकको अवसरमा सम्मान गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad