समाज


आज र भोलि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा

आज र भोलि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८२ मंगलबार ७:२१, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आज र भोलि सञ्चालन गर्दैछ। 

यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तयारी गरिएको यो परीक्षा जेनजी आन्दोलनपछि मुलुकमा विकसित विषम परिस्थितिको कारण पछि सारिएको हाे। 

बोर्डले आज अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ।  

त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ। 

यस वर्ष कक्षा १२ को परीक्षाफल गएको साउन १९ गते सार्वजनिक भएको थियो। 

परीक्षामा ५ लाख १० हजार ९८७ जना परीक्षार्थी सहभागी थिए। जसमध्ये २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका थिए भने १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेड भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad