बाजुरामा विषालु सर्पको टोकाइबाट एक जना दृष्टिविहीन पुरुषको मृत्यु भएको छ।
त्रिवेणी नगरपालिका–२ चौसालका ४० वर्षीय सर्जन बुढाको सर्पको टोकाइबाट मृत्यु भएको हो।
बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन्।
दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको आफन्तले बताएका छन्।
288
Shares

प्रतिक्रिया