समाज


ललितपुर-मकवानपुर-सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन

ललितपुर-मकवानपुर-सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८२ बुधबार ११:३४, काठमाडौँ

चाडपर्वमा हुने भीडभाडलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली जाने सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन सम्बन्धी विशेष व्यवस्था गरेको छ।

स्थानीय प्रशासनले असोज ७ देखि असोज २१ गतेसम्म सवारी सञ्चालनका लागि समयसीमा तोक्दै आवागमनलाई सहज बनाउने व्यवस्था मिलाएको हो।

यस अवधिमा ३० टनभार वहन क्षमता र अधिकतम १० चक्के सवारीसाधन मात्र बेलुका ९ बजेसम्म तोकिएका प्रवेश तथा प्रस्थान बिन्दुमा पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ। 

प्रशासनका अनुसार मकवानपुर जिल्लाबाट ललितपुर प्रवेश बिन्दु बगुवा (बागमती गाउँपालिका–२) र ललितपुर जिल्लाबाट प्रस्थान विन्दु टीकाभैरव (गोदावरी नगरपालिका–६) तोकिएको छ।

साथै मनसुनीवर्षा अझै सक्रिय रहने भएकाले पहिरो तथा अन्य जोखिम कायम रहेको भन्दै प्रशासनले यात्री र चालकलाई सतर्कतासाथ यात्रा गर्न आग्रह गरेको छ। 

सुरक्षाकर्मीले दिने निर्देशनानुसार मात्र सवारी सञ्चालन गर्न, लेन अनुशासन पालना गर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्न विशेष अनुरोध गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad