समाज


देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध

देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध

नेपालखबर
असोज ८, २०८२ बुधबार १३:३९, काठमाडौँ

देशभरका ५ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। कोसी प्रदेशको संखुवासभाको भोटखोला गाउँपालिका ४ स्थित कोसी राजमार्ग गत जेठ ६ गतेदेखि अवरुद्ध छ। त्यस्तै मकालु गाउँपालिका ३ मा पर्ने कोसी राजमार्ग अविरल वर्षापछि आएको बाढीका कारण भदौ १५ गतेदेखि पूर्ण रुपमा अवरुद्ध छ। 

त्यस्तै बागमती प्रदेशको रसुवामा असार २४ गतेको बाढीका कारण गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल-चीन नाका जोड्ने पुल बगाएको छ। यो राजमार्ग अझै अवरुद्ध छ।  

त्यस्तै सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिका कोदारीमा पर्ने अरनिको राजमार्ग भदौ ९ गतेदेखि पूर्णरुपमा अवरुद्ध छ। 

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा पर्ने नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबारदेखि पूर्णरुपमा अवरुद्ध छ। यहाँ पहिरो हटाउनेक काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad