त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सारबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। करिब ८ सय ३५ ग्राम सुनसहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका हुन्।
ईण्डिगो एयरको उडानमार्फत मुम्बइबाट काठमाडौँ आएका उनलाई आगमन भन्सार एरीयामा जाँचको क्रममा उक्त स्थानमा खटिएको प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगि भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला पारेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको छ।
54
Shares

प्रतिक्रिया