काठमाडौँको पशुपति मन्दिर नजिकैको जंगल क्षेत्रबाट दुई थान पेस्तोल बरामद भएको छ।
काठमाडौँ महानगरपालिका ८ पशुपति क्षेत्रको राम मन्दिर नजिकै जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको पेस्तोल फेला पारेको हाे। यी पेस्तोल जेनजी आन्दोलनका क्रममा प्रहरीबाटै लुटिएको पुष्टि भएको छ।
ग्यास गनको बुलेट फेला परेपछि प्रहरीले खोजि गर्ने क्रममा राम मन्दिर नजिकै कागज र प्लास्टिकमा प्याक गरेको अवस्थामा पेस्ताेल फेला परेको प्रहरीले जनाएको छ।
108
Shares

प्रतिक्रिया